सामाजिक विकास मञ्चद्वारा न्यानो तथा खाद्यान्न वितरण

काठमाडौं,२३ पुस । सामाजिक कार्यमा क्रियाशील सामाजिक विकास मञ्चले लत्ता–कपडा तथा खाद्यान्न सहयोग गरेको छ ।

सडक जीवन विताइरहेका बालालिका तथा बृद्ध बृद्धाहरुलाई जाडोका लागि ब्ल्याङ्केट, कपडा तथा चामल, चाउचाउ र विस्कुटलगामयत सामग्री वितरण गरेको बताएको छ ।

मञ्चले पशुपति, गुजेश्वरी, कोटेश्वर तथा शान्तिनगर क्षेत्रका असहाय बालबालिका तथा बृद्ध–बृद्धाहरुलाई उक्त सामग्री वितरण गरेको जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष नबीन प्रताप मल्लका अनुसार संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका असहायवर्गलाई सहायता उपलब्ध गराइएको बताए ।

बलत्कारविरुद्धको अभियान तथा ‘नो मोर सुसाईड’जस्ता अभियानको अभियन्ता संस्थाको रुपमा परिचित सामाजिक विकास मञ्चले आगामी दिनमा पनि सामाजिक गतिविधिहरुलाई जारी राख्ने संस्थाका सचिव नारायण दाहालले जानकारी दिए ।

संस्थामा युवा समाजसेवीहरु विक्रम बस्नेत, आकाश पौडेल, शालु बस्नेत, सञ्जित कार्की र सन्तोष तिमिल्सिनालगायत आबद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here