‘ए’ डिभिजन लिगमा सन्तोष साहुखलको सय गोल

काठमाडौं, २३ पुस । सन्तोष साहुखल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

यो सिजन च्यासलबाट खेलिरहेका उनले बुधबार दशरथ रंगशालामा भएको नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दैं सय गोल पूरा गरेका हुन् ।

१७ औं मिनेटमा च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकसपर शत्रुघन चौधरीले रोक्न त प्रयास गरे पनि पूर्ण क्लियर गर्न नसक्दा साहुखलले आफ्नो नाममा लोभलाग्दो कीर्तिमान लेखाएका हुन्।

उनी अहिले च्यासल फुटबल क्लबका कप्तान समेत हुन्। सन्तोषको गोलसँगै च्यासलले पुलिसविरुद्ध १-१ गोलको बराबरी गरेको छ।

यस सिजनमा उनको यो चौथो गोल हो । यस अघिको लिगहरुमा उनले विभिन्न क्लबबाट ९६ गोल गरेका थिए।

वि.सं. २०६० सालमा थ्री स्टारबाट लिगमा संकटाविरुद्ध डेब्यु गरेका सन्तोषले सर्वाधिक गोल पनि थ्री स्टार क्लबबाटै गरेका थिए। उनी हाल जापानमा बस्दै आएका छन्।

२०६०-थ्रीस्टार (६ गोल)
२०६१-एपीएफ (६ गोल)
२०६२ थ्रीस्टार (६ गोल)
२०६३ थ्रीस्टार (११ गोल)
२०६६–६७ थ्रीस्टार (१९ गोल)
२०६८-मनाङ (१६ गोल)
२०६९-थ्रीस्टार (१७ गोल)
२०७०-थ्री स्टार (९ गोल)
२०७५-च्यासल (३)
२०७६-च्यासल (४ गोल खेल जारी)
कुल-१०० गोल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here