माहाकाली नगरपालिकामा सनराईज बैंकको शाखा विस्तार

पप्पु गुरुङ्ग

दोधारा, २३ पुस । सनराईज बैंकले माहाकाली नगरपालिकामा आफ्नो शाखा विस्तार गरेको छ् । हरेक क्षेत्रका नागरिकलाई आफ्नो बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्य सहित माहाकाली नगरपालिकामा १३० औं शाखा विस्तार गरि सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

१३० औं शाखाको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार र सनराईज बैंकका नायव महाप्रबन्धक श्री अपध कुमार यादवले सयुक्तरुपमा पानसमा बत्ती तथा रिबिन काटेर उद्धघाटन गरेका हुन् ।

माहाकाली नगरपालिका वडा नं। ६ हेल्थपोष्ट बजारमा सनराईज बैंकले शाखा स्थापना गरेको हो । आज एक कार्यक्रमको बिच शाखा बिस्तार गरिएको घोषणा गरिएको छ् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको प्रमुख आतिथ्यमा संचालित शाखाको उद्धघाटन सत्रका सभापती १३० औं शाखाका शाखा प्रमुख रोहित बहादुर चन्द रहेका थिए भने बिशिष्ठ अतिथीमा सनराईज बैंकका नायव महाप्रबन्धक अपध कुमार यादव रहेका थिए ।

अतिथीमा क्षेत्रिय प्रबन्धक सुरेन्द्र शाही, धनगढी शाखा प्रबन्धक धर्म कुमार बिष्ट, महेन्द्रनगर शाखा प्रबन्धक राजु शर्मा, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बम, भानु बहुमुखी क्याम्पसका प्रमुख प्रकाश चन्द, लगाएत स्थानिय तथा सरोकारवालाको बँक्लो उस्थिती रहेको थियो ।

सनराईज बैंकले आफ्नो उद्धेश्य अनुरुप मुलुकका विभिन्न ठा“उमा खोलिएका १ सय २९ शाखा, ४४ वटा शाखा रहित सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५० वटा एटिएस मार्फत सेवा प्रदान गरिरहेको सनराईज बैंकका नायव महाप्रबन्धक अपध कुमार यादवले जानकारी दिएका छन् ।

माहाकाली नगर क्षेत्रमा विस्तार भएको शाखामा खाता खोल्ने नया“ ग्राहकलाई मोवाईल बैंकिङ सेवा र एटिएम सेवा समेत प्रदान गरिने जनाईएको छ ।

माहाकाली नगरपालिकाका जनताको मा“ग बमोजिम सेवा दिन आएकोमा आफुहरु खुशी लागेको बताउदै बैकको वित्तिय पहुच माहाकाली नगरपालिकाका सबै वडाहरुमा पु¥याउने बैकको लक्ष्य बमोजिम माहाकाली नगरपालिकामा बैकको शाखा स्थापना गरेको बताईएको छ् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी बिर बहादुर सुनारले सनराईज बैंकको १३० औं शाखा माहाकालीमा बिस्तार गरेकोमा खुशी प्रकट गर्दै समृद्धि र बिकासमा बैंकको ठुलो योगदान रहने हुदा सनराईज बैंकको शाखा माहाकाली नगरपालिकामा स्थापनाले माहाकाली नगरपालिकाको समृद्धि र बिकासमा सहयोग पुग्ने अपेक्षा लिएका उनले बताएका छन् । उद्धघाटन सत्रमा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारलाई सनराईज बैंकका नायव महाप्रबन्धक अपध कुमार यादवले मायाको चिनो उपहार दिएका थिए ।

‘आम नागरिकमा बैंकिङ पहुच हुनु भनेको नगरको बिकास र समृद्धि हो’ माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताए । शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एसएमएस बैकिङ्ग, रेमिट्यान्स, एटिएम सेवा सहितको पूर्ण बैकिंङ सेवा संचालनमा ल्याएको कार्यक्रममा बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here