सुदुरपश्चिम जाँदै हुनुहुन्छ ? अब मोबाईलबाटै लिनुहोस् टिकट

काठमाडौं, २३ पुस । सुदुरपश्चिम जानको लागि अब मोबाईलबाटै टिकट काट्न सकिने भएको छ ।

महाकाली यातायातको टिकट बससेवा डटकमबाट काट्ने सुविधा भएसंगै सुदुरपश्चिम जानको लागि पनि मोबाईलबाटै टिकट सकिने व्यवस्था भएको हो ।

महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले अनलाइन टिकटिङ सुरू गरिएको कम्पनीका अध्यक्ष डम्बर राज पन्तले बताए ।

यो सँगै अबदेखि महाकाली यातायातबाट काठमाडौ महेन्द्रनगर, महेन्द्रनगरदेखि बुटवल, तथा महेन्द्रनगरदेखि पोखरा चल्ने एसी तथा डिलक्स् बसको टिकट अनलाइनबाट काट्न सकिने कम्पनीले बताएको छ ।

कसरी काट्ने टिकट ?

यात्रुहरूले बससेवा डटकम, इसेवा डटकम डट एनपी, बससेवाको मोबाईल एप्लीकेशन मार्फत अनलाइन टिकट काट्न सक्नेछन् ।

साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिने बताईएको छ ।

यस्तै विदेशबाट पनि बसको टिकट काट्न सकिन्छ । यसको लागि डब्ल्यु डब्ल्यु डब्ल्यु डट १२गो डट एसिया मा गएर टिकट काट्.न सकिन्छ ।

महाकाली यातायातले आफ्ना करिब ६ सय सवारी साधन मार्फत नेपालका विभिन्न गन्तव्यहरूमा सेवा पुर्याउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here