परिसंघका पदाधिकारी र बेलायती राजदूतबीच भेटवार्ता, लगानी बढाउन आग्रह

काठमाडौं, २३ पुस । नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि संयुक्त अधिराज्य बेलायत राजदूत निकोल पोलिटबीच भेटवार्ता भएको छ ।

बुधबार परिसंघको सचिवालयमा भेटवार्तामा बेलायत राजदूत समक्ष लगानी बढाउन परिसंघले आग्रह गरेको छ ।

उक्त अवसरमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल र संयुक्त अधिराज्य बीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताए ।

संयुक्त अधिराज्य बेलायतले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको पनि अध्यक्ष उल्लेख गरे ।

उत्पादनमुलक क्षेत्र, वित्तीय सेवा, ठूला पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको तर्फ अध्यक्ष मोरले राजदूत निकोल पोलिटको ध्यानाकर्षण गराए ।

सो अवसरमा राजदूत निकोल पोलिटले बेलायत र नेपालको ऐतिहासिक सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताइन् ।

लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।

भेटवार्तामा परिसंघको अन्तर्राष्ट्रिय समितिका संयोजक राजबहादुर शाहले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएकाले यसको उपयोग गर्न बेलायती लगानीकर्ताहरुलाई प्रेरित गर्न पनि राजदूत पोलिट समक्ष आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here