अमेरिकी दूतावासलाई निशाना बनाउँदै इरानद्वारा फेरि अर्को आक्रमण

एजेन्सी । इरानले अमेरिकी दूतावासलाई निशाना बनाएर आक्रमण गरेको छ ।

अमेरिकी सैन्य शिविरमा पहिलो मिसाइल आक्रमण गरेको इरानले दोस्रो आक्रमण अमेरिकी दूतावासमा गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरेको केही समयमै इराकको बगदादस्थित अमेरिकी दूतावासलाई निशाना बनाएर दुई मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बुधबार बिहान पनि इरानले अमेरिकी सैन्य शिवरमा दर्जनबढी मिसाइल आक्रमण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here