सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ घट्यो

काठमाडौं, २४ पुस । केही दिनयता रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य विहिवार भने घटेको छ ।

विहिवार छापावाल सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घट्यो ।

बुधवार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य विहिवार १००० रुपैयाँ घट्दै छापावाल सुनको मूल्य ७५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

विहिवार तेजावी सुनको मूल्य पनि प्रतितोला १००० रुपैयाँले घट्यो ।

अघिल्लो दिन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा विहिवार १००० रुपैयाँ घट्दै प्रतितोला ७५ हजार २ सय रुपैयाँमा झरेको महासंघले बताएको छ ।

विहिवार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घट्यो ।

बुधवार प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य विहिवार २० रुपैयाँ घट्दै प्रतितोला ९ सय रुपैयाँ कायम भएको महसंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here