पैसाको चिन्ता म गर्छु, कामको चिन्ता तपाई गर्नुहोस्ः मेयर शाक्य

काठमाडौं, २४ पुस । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले वडा क्षेत्रको पूर्वाधार तथा सामाजिक बिकासका काममा रकमको चिन्ता नगर्न आग्रह गरेका छन् ।

बुधबार वडा १० क्षेत्रका टोल र गल्लीहरुको अवस्था, पूर्वाधारको आवश्यकता र वडाले सम्पादन गरिरहेका कामका बारेमा जानकारी लिने क्रममा उनले यस्तो बताएका हुन् ।

स्थानीय अवस्था हेर्न उनी बुद्धनगर, नयाँ बानेश्वर, गंगादेवी मन्दिर, सहभागिता मार्ग, देवीनगर, पुजा–प्रतिष्ठान मार्ग, युएन पार्कलगायतका क्षेत्रमा पुगेका थिए ।

‘निर्वाचित भएर आएपछिका अढाई वर्षमा वडा के भएछन्, जानकारी लिन आएको हुँ ।’ मेयर शाक्यले भने, ‘तपाईहरुका समस्या वडाले समाधान गर्छ । वडाबाट हुन नसकेका काम वडामार्फत मसँग आउँछन् ।’

सडकका खाल्टाखुल्टी पुर्ने, सहायक बाटाहरु भत्किएको ठाउँमा तत्काल मर्मत गर्ने, पैदल मार्ग बनाउने काम अब महानगर आफैंले गर्नेछ । स्थलगत भ्रमणका क्रममा मेयर शाक्यले भने ।

काठमाडौं वडा नं. १० वडाबाट सञ्चालन हुने वडास्तरीय योजनाका लागि ३ करोड रुपैयाँ बिनियोजन भएको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here