थपिँदै ठूला होटल, अर्बौं लगानी भित्रिदै

काठमाडौं, २५ पुस । सरकारले सन् २०२० लाई नेपाल भम्रण वर्षको रुपमा घोषणा गरेसँगै ठूला लगानीमा सुविधा सम्पन्न होटल खोल्नका लागि कम्पनीहरु इच्छुक देखिएका छन् ।

यसरी इच्छुक देखिएका होटल तथा रिसोर्ट पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यमा केन्द्रित छन् । उद्योग विभागको तथ्यांक अनुसार साउनदेखि पुससम्म नेपालमा ठूलो लगानीका सात वटा होटलहरु दर्ता भएका छन् ।

जसमा ३ वटा काठमाडौं उपत्यकामा रहेका छन् भने चार वटा उपत्यका बाहिर खोल्नको लागि दर्ता छन् । खासगरी यी होटलहरु पर्यटक र पर्यटन वर्षलाई लक्षित गरेर दर्ता भएको पाइएको छ ।

एउटै होटल २ अर्ब ३८ करोडको

उद्योग विभागको तथ्यांक अनुसार यो समयमा सबैभन्दा धेरै लगानीमा रुपन्देहीमा होटल देखिएको छ । रुपन्देहीको एशियन इन्टरनेशनल रिजेन्सी होटल कुल लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।

यो समयमा दोस्रो महङ्गो होटलमा पोखराको भद्रकाली होटेलर्स रहेको छ । भद्रकाली होटेलर्स कुल लागत १ अर्ब २५ करोड रुपैयाँको प्रतिवद्धता देखिएको छ ।

धेरैजसो होटलमा स्वदेशी लगानी

यो समयमा दर्ता भएको होटलहरुमा धेरैजसो स्वदेशी लगानी रहेको छ । ५ वटा होटलहरु (सराङ्कोट माउन्टेन रिसोर्ट एण्ड स्पा, बालाजी होल्डिङस् एण्ड होटल, होटल इच्छा, भद्रकाली होटलर्स र एशियन इन्टरनेशनल रिजेन्सी) मा पूर्ण रुपमा नेपाली वा स्वदेशी लगानी रहेको छ ।

यसका अलवा माग्रिट होटल एण्ड रेष्टुरेण्टमा सत प्रतिशत नै विदेशी लगानी रहेको छ भने छङ फङ होटलमा १० प्रतिशत स्वेदेशी र ९० प्रतिशत विदेशी लगानी रहेको छ ।

यी हुन् पाँच महिनामा दर्ता भएका होटल

-सराङ्कोट माउन्टेन रिसोर्ट एण्ड स्पा
-बालाजी होल्डिङस् एण्ड होटल
-माग्रिट होटल एण्ड रेष्टुरेण्ट
-होटल इच्छा
-भद्रकाली होटलर्स
-एशियन इन्टरनेशनल रिजेन्सी
-छङ फङ होटल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here