पाल्पामा मगर महोत्सव

२६ पुस, काठमाडौं । पाल्पाको तानसेनमा मगर जातिको खाना तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।

यस जिल्लामा मगर जातिकोे बाहुल्य छ । मगर जातिको मौलिक खानापान तथा सांस्कृतिक पक्षको झल्को मेटाउने गरी शुक्रबार महोत्सव आयोजना गरिएको हो ।

देश–विदेशमा रही काम गर्दा मगरी कला संस्कृति हराउँदै जान थालेपछि आफ्नै कला, संस्कृति संरक्षण गर्न महोत्सव आयोना गरिएको हो ।

नेपाल मगर सङ्घ पाल्पाले गरेको सो महोत्सवमा मगर जातिका मौलिक खानाले आन्तरिक पर्यटकको मन लोभ्याएको थियो । आन्तरिक पर्यटकको आगमन बढाउने र मगरी कला संस्कृतिको संरक्षणका लागि महोत्सव फलदायी भएको आयोजकको दाबी छ ।

महोत्सवमा मगरी खानाका परिकार अचार, तरुल, सखरखण्ड, सुगुरको मासुलगायतका स्वादमा मानिस झुम्मिए । ठूलो नाच हेर्न गाउँघरका मानिस पनि तानसेन आएका थिए ।

महिला पुरुषले मगरी संस्कृतिको पहिचान झल्काएको पोशाक निकै आकर्षक थियो । ती पोशाकले पर्यटकलाई लोभ्याएको थियो ।

माघे सङ्क्रान्तिको पूर्व नै मगर समुदायको मौलिक कला संस्कृतिक संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष तेजबहादुर घर्तीमगर र सङ्घका केन्द्रीय सल्लाहकार केहरसिंह थापाले जानकारी दिए ।

मगर समुदाय भाषा, कला संस्कृतिमा धनी जाति रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here