फोहोरबाट ऊर्जा निकाल्न युएईले दियो एक अर्ब १३ करोड

काठमाडौं, २७ पुस । नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि संयुक्त अरब इमिरेट्स (यूएइ) ले एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ।

अबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभाको अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत उक्त रकम दिने घोषणा गरिएको हो ।

नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सहयोग स्वीकार गरे । उक्त रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्राङ्गारिक मल उत्पादन गरिनेछ।

सो कर्जाका लागि सात चरणमा भएको प्रतिस्पर्धामा नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा छानिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here