काठमाडौंमा एकैदिन २९ सवारी दुर्घटना: १२ घाइते, १ को अबस्था गम्भीर

काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा शनिवार २९ सवारी साधनहरु दुर्घटना भएका छन् ।

महानगरीय ट्राफिक महाशाखाको तथ्यांक अनुसार शनिवार २९ वटा सवारी साधनहरु दुर्घटनामा परेका हुन् ।

महाशाखाको अनुसार ति दुर्घटनामा परी १२ जना घाइते भएका थिए । जसमा ११ जनाको अवस्था सामान्य रहेको छ, भने एकको अवस्था गम्भीर रहेको छ ।

शनिवार मा.प.से, लेन अनुशासन, हर्न कारबाही आदी जस्ता विभिन्न कारबाहीमा १ हजार ४ सय ३ सवारी साधन परेका छन् ।

यस्तै, शनिवार उपत्यकामा विभिन्‍न नाका भएर २० हजार ३ सय ३७ सवारी भित्रिए भने २१ हजार ८ सय १७ सवारी बाहिरिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here