काठमाडौं, २८ पुस । नेपाल इन्भेष्टमेण्ट बैंकले प्रस्तावित १९ प्रतिशत लाभांश पारित गरेको छ ।
सोमबार सम्पन्न बैंकको ३३ औँ वार्षिक साधारणसभाले शेयरधनीलाई आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट सेयर पुँजीको १० दशमलव ५ प्रतिशत बोनस सेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ।
बोनस पारित भएसँगै बैंकको चुक्तापुँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको वित्तीय विवरण अनुसार असार मसान्त सम्म कुल निक्षेप ८ दशमलव ४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५ दशमलव २३ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ।
त्यस्तै बैंकको खराब कर्जा अनुपात २ दशमलव ७८ प्रतिशत रहेको छ । बैंकले ८२ वटा शाखा कार्यालय, १६ वटा एक्टेन्सन काउन्टर, १० वटा राजश्व संकलन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा र १२४ वटा एटिएम काउन्टर मार्फत बैंकिङ सेवा दिएको छ ।