प्रतितोला ८०० रुपैयाँ घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, २९ पुस । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेको छ ।

सोमवार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा मंगलवार ८०० रुपैयाँ घट्दै प्रतितोला ७४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्य पनि प्रतितोला ८ सय रुपैयाँले घट्यो ।

सोमवार प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमवार ८०० रुपैयाँ घट्दै प्रतितोला ७३ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

मंगलवार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्यो ।

सोमवार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा मंगलवार प्रतितोला १० रुपैयाँ बढ्दै ८ सय ८० रुपैयाँ कायम भएको महासंघले बताएको छ बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here