जोकरको विश्व रेकर्ड, ओस्कर अवार्डमा ११ विधाको लागि नोमिनेशन

काठमाडौं, २९ पुस । हलिउड फिल्म जोकर बेस्ट फिल्म, बेस्ट डाइरेक्टर, बेस्ट एक्टरको साथ साथै अन्य ८ विधामा पनि ओस्कर अवार्डमा नोमिनेशन भएको छ ।

यो आफैमा एक विश्व रेकर्ड हो । यो भन्दाअघि ‘द आइरिस म्यान १९१७’ र ‘वान्स अपन अ टाईम इन हलिउड’ फिल्मले १०-१० वटा नोमिनेशन पाएका थिए ।

जोकरले अछिल्लो हप्ता ब्रिटिश एकेडेमी फिल्म अवार्डमा पनि ११ नोमिनेशन पाएको थियो । सुपरहिरो फिल्मको दुनियाँमा बनेको यो पहिलो फिल्म हो जो कुख्यात तथा खतरानक भिलेनमाथि आधारित छ ।

नेपालबाट फिल्म ‘बुलबुल’ लाई ओस्कर अवार्डको लागि पठाईएको थियो । बुलबुल पहिलो राउण्डबाटै बाहिरिन पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here