अष्ट्रेलियाले भारतलाई १० विकेटले हरायो

काठमाडौं, २९ पुस । पहिलो एकदिवसिय खेलमा घरेलु टोली भारतले अष्ट्रेलियासँगको लज्जास्पद हार बेहोरेको छ । मंगलबार राती सम्पन्न खेलमा भारत अष्ट्रेलियासँग १० विकेटले पराजित भएको हो ।

भारतले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा भेट्टायो । अष्ट्रेलियाको जितमा दुवै ओपनर आरोन फिन्च र डेविड वार्नरले उत्कृष्ट शतक प्रहार गरे । वार्नर १ सय १२ बलमा १७ चौका र ३ छक्का सहित१ सय २८ रनमा अविजित रहे ।

३१ ओभरको दोस्रो बलमा वार्नरले जसप्रित बुमराहलाई चौका प्रहार गर्दै ओडीआई करिअरको १८ औं शतक प्रहार गरे । उनले शतक ८८ बलमा पुरा गरेका थिए ।

त्यस्तै कप्तान फिन्च १ सय १४ बलमा १३ चौका र २ छक्का सहित १ सय १० रनमा अविजित रहे । आरोन फिन्चले ३५ औं ओभरको पाँचौ बलमा रविन्द्र जडेजालाई चौका प्रहार गर्दै ओडीआई करिअरको १६ औं शतक पुरा गरेका थिए ।

त्यसअघि मुम्बईको वानखडे रंगशालामा टस हारेर ब्याटिङ थालेको भारत ४९.१ ओभरमा अल आउट हुँदै २ सय ५५ रनमा समेटिएको थियो । दोस्रो वान डे खेल शुक्रबार राजकोटमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here