सुनको भाउ बढ्यो

काठमाडौं, १ माघ । सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिनको तुलनामा बुधबार सुन तोलाको सात सय रुपैयाँ बढ्दै ७४ हजार सात सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । मंगलवार तोलाको आठ सय रुपैयाँ घटेर सुन तोलाको ७४ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै चाँदी बुधबार तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here