फाँसीको मिति नजिकिँदै गर्दा अधिक तनावमा, जेलमै आत्महत्याको प्रयास

काठमाडौं । निर्भया बलात्कार तथा हत्या प्रकरण–२०१२ मा संलग्नलाई दिइएको मृत्युदण्डको समय नजिकिँदै गरेको छ । उनिहरुलाई मृत्युदण्ड दिन एक साता मात्र बाँकी रहेको छ ।

मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेको बारे सोधपुछ गरेका छन् । ‘२० जनवरी अर्थात फासी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग भेटघाटका लागि अनुमति दिइने छ ।’

घटनाका चार दोषीहरु मुकेश कुमार, अक्षय सिंह, विनय शर्मा र पवन गुप्तालाई फासीभन्दा पहिले परिवारसँग भेट्न समय दिइने भएको हो ।

उनिहरुको व्यवहारमा अकस्मात् परिवर्तन आएको छ । निर्भयाका चारै दोषीमध्ये विनय बढी चिन्तित देखिन्छन् । कारागार स्रोतका अनुसार उनको अनुहारमा मृत्युको भय प्रष्ट देखिन्छ ।

विनय सामान्य कुरामा पनि आक्रोशित हुन थालेका छन् । विनयमाथि उच्च निगरानी राखिएको छ । कारागारका अधिकारीहरू विनयसँग कुराकानी गरेर उनको स्थिति सामान्य राख्ने प्रयासमा छन् ।

अगामी दिनमा उनलाई विशेषज्ञद्वारा काउन्सिलिङ गर्न सकिने बताइएको छ । ताकि २२ डिसेम्बरसम्म उनी सामान्य अवस्थामै रहिराखून् ।

विनयले पछिल्लो साढे तीन वर्षयता जेलमै आठ पटकसम्म आत्महत्याको प्रयास गरेका थिए । संयोगवश ड्युटीमा रहेका प्रहरीले उनलाई बचाएका थिए । मंगलबार विनयका बुबाले जेलमै पुगेर भेटेका छन् । करिब एक घन्टाको भेटपछि विनय अधिक तनावमा देखिएका छन् ।

आगामी दिनमा उनका अन्य सम्बन्धित व्यक्तिहरू पनि भेट्न आउन सक्नेछन् । यसअघि मुकेशसँग उनकी आमाले भेट गरेकी थिइन् । शुक्रबार आधा घन्टा मुकेशसँग उनकी आमाले कुराकानी गरेकी हुन् ।

पवनसँग पनि भेटका लागि उनका आफन्त पटक–पटक आइरहेका छन् । कारागार सूत्रका अनुसार जेलमा २ नम्बर कोठामा बन्द राखिएका दोषी अक्षयसँग नोभेम्बरपछि हालसम्म कसैले पनि भेट गरेका छैनन् ।

यध्यपि अक्षयले कारागार प्रशासनसँग आफ्नो परिवारका सदस्यसँग भेटघाटका लागि बोलाएका छैनन् । भेटघाटमा नआए पनि नियमित फोन सम्पर्कमा भने रहेको कारागार प्रशासनले जनाएको छ । निर्भयाका दोषीलाई फाँसीमा झुन्ड्याउने मिति नजिकिँदै छ ।

कारागार प्रशासनले उनीहरूको पक्षमा अन्तिम फाइल दर्ताका लागि रकेर्ड हेरफेर गरिरहेको छ । दोषीमध्ये मुकेशले कारागारभित्र कुनै काम नगरेको कारागार स्रोतले जनाएको छ । अक्षय, पवन र विनयले जेलमा पटक–पटक काम गरेका छन् ।

कारगारका अधिकारीका अनुसार फासी भन्दा पहिले त्यो पैसाको पनि हिसाब हुने छ जो उनीहरुले जेलमा रहेर कमाएका थिए । उक्त रकम परिवारका सदस्यहरुलाई दिइने छ ।

अक्षय सिंहले जेलमा रहेका बेला काम गरेर ६९,०००, विनय शर्माले ३९,००० र पवन गुप्ताले २९,००० रुपैयाँ कमाएका छन् । मुकेश कुमारले जेलमा काम गर्न इन्कार गरेका थिए ।

अदालतले विनय शर्मा र मुकेश कुमारको क्यूरिटिव पिटिशन खारेज गरिसकेको छ । तिहाड जेलका एक वरिष्ठ अधिकारीले भने, ‘क्यूरिटिव पिटिशन खारेज भएपछि विनयका बुवा उनलाई भेट्न आएका थिए र बुवासँग कुराकानीका क्रममा विनय पटक पटक रोएका थिए ।’

१६ डिसेम्बर २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कार घटनाका चार दोषीलाई डेथ वारेन्ट जारी भइसकेको छ । पटियाला हाउस अदालतले फासीका लागि २२ जनवरी २०२० बिहान सात बजेको समय तय गरेको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here