विश्व बैंकद्वारा पुनर्निर्माणका लागि थप २३ अर्ब ऋण स्वीकृत

काठमाडौं, १ माघ । विश्व बैंकले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि थप ऋण स्वीकृत गरेको छ ।

भुकम्पले भत्काएका आवास पुनःनिर्माणका लागि २ सय मिलियन डलर अर्थात् (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जनाएको छ ।

सहयोग रकम भूकम्पबाट प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० आवास पुनर्निर्माणका लागि रहेको बैंकले जनाएको छ । बैंकले दिएको उक्त रकम भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका भूकम्प पीडितको घर पुनःनिर्माण खर्च हुने बताइएको छ।

सन् २०१५ मा विश्व बैंकले ५५ हजार घरको पुनःनिर्माण लागि ऋण सहयोग गरेको थियो। यससँगै सन् २०१७ मा सहायता रकम बढाएर थप ९६ हजार घर पुनःनिर्माणमा सहयोग गरेको बैंकले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

भूकम्पबाट प्रभावित कोही पनि नेपाली पुनर्निर्माणबाट वञ्चित हुन नपरोस् भनेर विश्व बैंकले थप सहयोग गर्न लागेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here