विस्फोटको जिम्मा लिँदै विप्लव समूहद्धारा ललिता निवासको जग्गा कब्जाको घोषणा

काठमाडौं, १ माघ । प्रतिबन्धित नेकपा विप्लव समूहले बालुवाटारमा रहेको ललिता निवासको जग्गा कब्जाको घोषणा गरेको छ ।

विप्लव समूहले पार्टीको मातहतमा आउने गरी ११५ रोपनी जग्गा कब्जा गरिएको घोषणा गरेको हो ।

सो पार्टीले कब्जा भएको जग्गा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको सार्वजनिक पर्चामा जनाईएको छ ।

साथै प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा भएको बम विस्फोटको प्रतिबन्धित विप्लव समूहले जिम्मेवारी लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here