यूएईमा १८ नेपाली श्रमिक बोकेको बस दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं, २ माघ । आबुधाबीमा श्रमिक बोकेको बस दुर्घटनाहुँदा पाँच जनाको ज्यान गएको छ ।

अबुधाबीको अल रह सडक अन्तर्गत स्थानीय समय अनुसार बिहीबार बिहान ५:३० बजे दुर्घटनामा परेर घाइते भएका २४ जनामध्ये १८ जना नेपाली भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरू कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here