ह्यारी दम्पतीको शाही उपाधि खोसियो

LONDON, ENGLAND - NOVEMBER 27: Prince Harry and Meghan Markle during an official photocall to announce the engagement of Prince Harry and actress Meghan Markle at The Sunken Gardens at Kensington Palace on November 27, 2017 in London, England. Prince Harry and Meghan Markle have been a couple officially since November 2016 and are due to marry in Spring 2018. (Photo by Samir Hussein/Samir Hussein/WireImage)

काठमाडौं, ५ माघ । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनको शाही उपाधि खोसिएको छ ।

ब्रिटेनमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेसँगै उनिहरुको शाही उपाधि खोसिएको हो ।

पदसँगै लन्डनको मेडम तुसाड्स संग्रहालयमा रहेको शाही परिवार सेटबाट राजकुमार ह्यारी र उनकी पत्नि मेघानको मूर्ति पनि हटाइएको छ । ह्यारी दम्पती शाही परिवार भित्रको प्रगतिशील नयाँ भूमिका दर्शाउने व्यक्ति भएकाले उनीहरुको मुर्ति अन्यत्र राखिने छ ।

उक्त मूर्ति बनाउन एक लाख ९५ हजार अमेरिकी डलर खर्च भएको थियो । उपाधिसँगै अब हिज–हर रोयल हाइनेस उपाधि प्रयोग गर्न नपाउने भएका छन्।

अब उनीहरुले उनीहरुले पब्लिक फन्डको रकम पनि नपाउने भएका छन्। राजदरबारले शनिबार सो कुराको घोषणा गरेको हो। साथै सो दम्पतीले बेलायतकी महारानीलाई औपचारिक रुपमा प्रतिनिधित्व पनि नगर्ने राजदरबारले जनाएको छ।

ड्युक एण्ड डचेस अफ ससेक्स (ह्यारी दम्पती) को लागि छुट्याइएको करदाताको २ दशमलब ४ मिलियन पाउण्ड अब उनीहरुको बेलायती परिवारमा नै रहने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here