मञ्जुश्री फाइनान्सको नाफा बढ्यो, चुक्ता पूँजी कति ?

काठमाडौं, ५ माघ । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा मञ्जुश्री फाइनान्सले १४ करोड ३३ लाख ७६ हजार खुद मुनाफा कमाएको छ ।

फाइनान्सले कमाएको यो नाफा अघिल्लो वर्षको सोही अवधीको तुलानामा १२ करोड ३६ लाख ९२ हजार रुपैयाँ बढी हो।

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ९६ लाख ८२ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वितरणयोग्य मुनाफा भने ९ करोड ३१ लाख ४० हजार रहेको छ । गत वर्ष १२ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको मन्जुश्रीले यो त्रैमासमा बढाएर १९ करोड ६९ लाख ६७ हजार पुर्‍याएको छ ।

यस्तै, कम्पनी सञ्चालन नाफा पनि २ करोड ६४ लाख ९६ हजार रुपैयाँबाट बढाएर १० करोड १ लाख ३१ हजार पुर्‍याउन सफल भएको छ । हाल मञ्जुश्री
फाइनान्सको चुक्ता पूँजी ८१ करोड ८१ लाख रहेको छ।

फाइनान्सको जगेडा कोषमा १६ करोड ३५ लाख ५६ हजार रुपैयाँ सञ्चित छ भने ९ करोड ३३ लाख ७० हजार रुपैयाँ रिटेन्ड अर्निङ्ग छ।

कम्पनीले गत वर्षको नाफाबाट १.७५% बोनस सेयर वितरण गरेपछि नाफा ८१ करोड नाघेको हो । यता, कम्पनीको खराब कर्जा भने ३.१७% बाट बढेर ३.४३% पुगेको छ । फाइनान्सको मूल्य आम्दानी अनुपात पुस मसान्तमा ४.८२ गुणा कायम भएको छ प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ७१ पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here