पब्जी खेल्दाखेल्दै एक युवकको मृत्यु

काठमाडौं । युवा युवती माझ अत्यन्त चर्चित एवम लोकप्रिय बन्दलै गएको छ पब्जी गेम । पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड भन्दा धेरै नाघिसकेको छ।

८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्ने गरेको अध्ययनले देखाएको छ । तर यो गेम दिन प्रतिदिन घातक बन्दै गरेको छ ।

पब्जीको कुलतमा लागेका मानिसहरु कसैको स्वास्थ्य अवस्था विग्रेको छ भने केहीले जीवन गुमाउन बाध्य भएका छन् । त्यस्तै घटना भएको भारतको पुणेमा । पुणेमा घर भएका एक युवक गत बिहीबार घरैमा बसेर मोबाइलमा पबजी खेल्दै थिए। उनलाई अचानक हृदयघात भयो।

हृदयघात हुनासाथ अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा शनिबार निधन भएको छ। समाचारमा जनाएअनुसार हर्सल देवीदास नामका ती २७ वर्षीय युवकलाई पबजीको लत लागेको थियो।

घर छाडेर बेपत्ता

भारतको नयाँदिल्लीमै पब्जी गेमको लतमा फसेका एकजना १५ वर्षका किशोर घर छाडेर बेपत्ता भए । पब्जी गेमले आफ्नो छोराको ब्रेनवास गरेका कारण बहुलाएर हिँडेको आरोपमा उनका बुवाआमाले लगाउँदै पुलिसमा उजुरी गरेका छन् ।

पब्जी गेम माथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै खासगरी विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here