दामनको रिसोर्टमा बेहोस भेटिएका आठै जना पर्यटकको मृत्यु

काठमाडौं, ७ माघ । मकवानपुरको दामनस्थित एक रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ ।

मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएर उपचारको लागि काठमाडौं ल्याइएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ ।

अचेत अवस्थामा भेटिएका आठै जनालाई ह्याम्स अस्पतालमा ल्याईएको थियो । मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार रात बिताएका पर्यटक अचेत अवस्थामा भेटिएका थिए । उनीहरु आठै जना एउटै कोठामा सुतेका थिए । १५ जनाको समूह दामन घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए ।

उनीहरू झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका थिए । उनीहरू निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here