सभामुखबाट पछि हट्यो कांग्रेस, अग्नि सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदको लागि उम्मेदवारी नदिने भएको छ। मंगलबार दलको संसदीय कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको हो ।

नेकपासँग स्पष्ट बहुमत पनि भएको र सभामुख पद तटस्थ हुनुपर्ने भएकोले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसको तर्क छ ।

संसदीय दलको बैठकमा उपसभामुख पदमा उम्मेदवारी दिने या नदिने विषयमा छलफल नै नभएको जनाईएको छ ।

संविधानअनुसार सभामुख र उपसभामुख पद फरक दल र फरक लिंगको हुनुपर्ने छ।

नेकपाले सभामुख पदको लागि अग्‍निप्रसाद सापकोटालाई उठाउने निर्णय गरिसकेको छ। नेकपाका नेता अग्नि सापकोटाले सभामुखका लागि उमेदवारी दर्ता गराएका छन् ।

सुवासचन्द्र नेम्वाङ प्रस्तावक र ओनसरी घर्ती, देव गुरुङ र लक्ष्मणलाल कर्ण समर्थक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here