दामनको रिसोर्टमा बेहोसपछि ज्यान गुमाएका सबैको सनाखत

काठमाडौं, ७ माघ । मकवानपुरको दामनस्थित एक रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ ।

मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएर उपचारको लागि काठमाडौं ल्याइएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ ।

अचेत अवस्थामा भेटिएका आठै जनालाई ह्याम्स अस्पतालमा ल्याईएको थियो । मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेका छन्। मृतक सबैको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ। उनीहरू भारतको केरलाबाट आएका थिए।

मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ की ईन्द्र, ३७ का प्रविण, ३२ की सरिया, ५ वर्षका अभी, ७ की अर्चना,५ वर्षका बैशनव र ९ की बन्द्रा छन्।

उनीहरुले दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार रात बिताएका पर्यटक अचेत अवस्थामा भेटिएका थिए । उनीहरु आठै जना एउटै कोठामा सुतेका थिए । १५ जनाको समूह दामन घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए ।

उनीहरू झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका थिए । उनीहरू निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here