सन्दिप लामिछाने सय विकेट नजिक, एडिलेडविरुद्ध बन्ला त इतिहास ?

काठमाडौं, ८ माघ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आफ्नो जीवनको एक सय विकेटको आँकडा नजिक नजिक पुगेका छन् ।

हाल अष्ट्रेलियामा जारी बिग ब्यास मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप लामिछाने हालसम्म विभिन्न लिगहरुमा गरेर ९८ विकेट लिईसकेका छन् ।

लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज (बुधबार) लिगको १३ औँ खेल खेल्दै छ ।

यदी यो खेलमा सन्दीपले दुई विकेट लिएको खण्डमा सन्दीप नेपालबाट टि ट्वान्टीमा एक सय विकेट पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्ने छन् ।

जारी लिगमा सन्तोषजनक प्रदर्शन गरिरहेका सन्दिपले जारी लिगमा ११ खेलमा १४ विकेट लिएका छन । सन्दीपपछि नेपालको लागि सबैभन्दा धेरै विकेट लिने खेलाडी वसन्त रेग्मी हुन् । रेग्मीले ४० खेलमा ५३ विकेट लिएका छन् ।

कुन लिगमा कति विकेट लिए ?

सन् २०१८ को मे १२ ताखिरमा रोयल च्यालेञ्जर्स विरुद्धको खेलबाट फ्रेन्चाइजी लिगमा डेब्यु गरेका सन्दिपले अहिलेसम्म ७२ खेलमा ९८ विकेट लिइसकेका छन ।

विश्वका चर्चित फ्रेन्चाइजी लिग खेलेका सन्दिपले टी २० एस मा ७१ खेलमा १८ सय १७ रनमा ९८ विकेट लिएका हुन । उनको बेष्ट बलिङ फिगर १० रनमा चार विकेट रहेको छ ।

सन्दिपले फ्रेन्चाइजी लिगको पहिलो खेलमा आरसीबी विरुद्ध २५ रन दिएर एक विकेट लिएका थिए । सो आइपीएलमा उनले तीन खेलमा पाँच विकेट लिएका थिए ।

नेपाली राष्ट्रिय टिमका मुख्य हतियारको रुपमा आफूलाई स्थापति गर्दै आएका सन्दीपले हालसम्म सबैभन्दा धेरै विकेट राष्ट्रिय टिमको लागि नै लिएका छन् ।

नेपाली राष्ट्रिय टोलीबाट टि ट्वान्टीमा १८ खेल खेलेका सन्दीपले २८ विकेट लिईसकेका छन् । सन्दीपले दोस्रो धेरै विकेट लिएको लिग भनेको बिग ब्यास नै हो । बिग ब्यासमा हालसम्म १९ खेल खेलेका सन्दीपले २५ विकेट लिईसकेका छन् ।

यस्तो छ सन्दिपको विकेट

२०१८ इन्डियन प्रिमियर लिग (आईपीएल) ३ खेल ५ विकेट

२०१८ क्यारेबिन प्रिमियर लिग ५ खेल ७ विकेट

२०१८ अफगानिस्तान प्रिमियर लिग १ खेल २ विकेट

२०१८-१९ बिग ब्यास लिग ८ खेल ११ विकेट

२०१८-१९ बङ्गलादेश प्रिमियर लिग ६ खेल ४ विकेट

२०१९ पाकिस्तान सुपर लिग ७ खेल ११ विकेट

२०१९ आईपीएल ६ खेल ८ विकेट

२०१९ क्वारेबिन प्रिमियर लिग ६ खेल ८ विकेट

२०२०- ब्यास लिग ११ खेल १४ विकेट (जारी)

नेपाली राष्ट्रिय टिमबाट टि-२० आईमा १८ खेल २८ विकेट

अब सन्दिपको नजर एडिलेडको खेलमा हुनेछ । यसअघि सिड्नी सिक्सर्स विरुद्ध पनि दुई विकेट लिएका सन्दिपको टिम मेलबर्न भने पराजित भएको थियो ।

जुन जारी लिगमा उसको दोस्रो हार थियो । मेलबर्नको १२ खेलमा २० अंक रहेको छ । जसमा उसले १० मा जित र दुईमा हार ब्यहोरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here