बागमती प्रदेश: शुक्रबार सार्वजनिक बिदा

काठमाडौं,८ माघ । बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बागमती प्रदेश मन्त्रिपरिषद बैठकबाट शुक्रबार सोनाम ल्होसार पर्वको अवसरमाबिदा दिने निर्णय गरेको हो ।

सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here