‘डेमोक्रेसी इण्डेक्स’ को सूचकाङ्कमा नेपालको सुधार, भारतलाई लाग्यो झड्का

काठमाडौं,९ माघ । विश्वभरका प्रजातन्त्रिक देशहरुको सूचकाङ्कमा नेपालले सुधार गरेको छ ।

बेलायतको चर्चित प्रकाशन समूहले बुधबार जारी गरेको सूचकाङ्कमा नेपाल पाँच स्थान सुधार गर्दै ९२ औं स्थानमा परेको छ । यसअघि सन् २०१८ मा नेपाल ९७ औँ स्थानमा थियो ।

बेलायतको चर्चित प्रकाशन समूह ‘द इकोनोमिस्ट समूह’ ले आफ्नो अनुसन्धान विभाग ‘द इन्टेलिजेन्स युनिट’ को मद्दतमा प्रत्येक वर्ष डेमोक्रेसी इण्डेक्स युनिटले १६५ देशको बारेमा प्रतिवेदन जारी गरेको छ ।

जसमा सबैभन्दा ठूलो लोकतन्त्र, भारतको समग्र योगफलमा ठूलो गिरावट आएको छ । गएको वर्ष ४१ औँ स्थानमा रहेको भारत सन् २०१९ मा १० स्थान तल खस्दै ५१औँ स्थानमा छ ।

भारत प्रशासित कश्मीरमा धारा ३७० हटाइनु, असममा एनआरसी र विवादित नागरिकता कानुन (सीएए) को कारण भारत सूचकाङ्कमा खस्किएको हो ।

बेलायतको चर्चित प्रकाशन समूह ‘द इकोनोमिस्ट समूह’ ले आफ्नो अनुसन्धान विभाग ‘द इन्टेलिजेन्स युनिट’ को मद्दतमा प्रत्येक वर्ष डेमोक्रेसी इण्डेक्स जारी गर्दै आएको छ ।

लोकतान्त्रिक मुलुकहरुको पहिलो नम्बरको सूचीमा भने नर्वे आएको छ । इआइयुका अनुसार भारतमा नागरिक स्वतन्त्रतामा आएको गिरावटनै त्यहाँको सूचांक खस्किनुको मुख्य कारण हो ।

१६५ वटा देशहरुको सूचीमा पाकिस्तान १०८ औं स्थानमा रहेको छ भने श्रीलंका ६९ औं स्थानमा रहेको छ । त्यस्तै बंगलादेश ८० औं स्थानमा रहेको छ ।

रिपोर्टमा अमेरिका २५ औं स्थानमा रहेको छ भने अष्ट्रेलिया ९ औं स्थानमा रहेको छ । त्यस्तै जापान २४ औं स्थानमा रहेको छ भने इजरायल २८ औं स्थानमा रहेको छ । चीन १५३ औं स्थानमा रहेको छ भने बेलायत १४ औं स्थानमा रहेको छ ।

रिपोर्टमा सन् २०१९ लाइ खराब वर्षका रुपमा इङ्गित गरिएको छ । प्रजातन्त्रिक सुचांकमा विशेषगरी ल्याटिन अमेरिका, अफ्रिका र पश्चिम एसियामा गिरावट आएको रिपोर्टमा उल्लेख छ । त्यस्तै अधिकांश एसियाली मुलुकमा पनि सुचांकमा गिरावट आएको उल्लेख गरिएको छ ।

नागरिकको व्यक्तिगत स्वतन्त्रताको अवस्था, बहुलवाद, अभिव्यक्ति र प्रेस स्वतन्त्रता, राजनीतिक संस्कृति, चुनाव प्रणाली, कानुनी राज्यको स्थिति, शासन सञ्चालनमा विदेशी प्रभावको स्थितिलगायत विभिन्न ६० वटा मापदण्ड र मूल्याङ्कनका आधारमा यसको निर्धारण गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here