दुई सय करोड क्लबको नजिक अजय देवगनको ‘ताना जी’

काठमाडौं, ९ माघ । बलिउड अभिनेता अजय देवगणको लगानीमा निर्माण भएको सिनेमा ‘तानाजीः द अनसंग वारियर’ ले दोस्रो सातामा पनि बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । देवगणको पछिल्लो फिल्म ‘ताना जी’ २०० करोड क्लब नजिक पुगेको छ ।

१३ औं दिनसम्म आइपुग्दा फिल्मले १ सय ९० करोड भन्दा धेरैको कमाई गरिसकेको भारतिय बक्स अफिसले बताएको छ । फिल्मले यसै हप्ता २०० करोड क्लबमा इन्ट्रि गर्ने भारतिय सञ्चार माध्यमहरुले बताएका छन् ।

पहिलो सातामा १ सय १८ करोड ९१ लख भारु कमाई गरेको सिनेमाले दोस्रो साताको शुक्रबार १० करोड ६ लाखको कारोबार गर्दै उत्कृष्ट सुरुवात गरेको थियो ।

दोस्रो साताको शनिबार १६ करोड ३६ लाख र आइतबार २२ करोड १२ लाख भारुको व्यापार गर्दै इतिहास रच्न सफल भएको हो ।

‘तानाजी’ले दश दिनमा १ सय ६७ करोड ४५ लाख भारु कमाई गरेको छ । भने, सोमबार पनि सिनेमाले आठदेखि दश करोडको बिचमा व्यापार गरेको अनुमान बलिउड मिडियाले गरेका छन् ।

ओम राउत निर्दे्िशत ‘तानाजीस् द अनसंग वारियर’ मा अजय देवगनका अलवा काजोल र सैफ अली खान र नेहा शर्मालगायतका कलाकारको प्रमुख भूमिका छ ।

सिनेमा सत्रौं शताब्दिका मराठा योद्धा तानाजी मालुसरेको जीवनमा आधारित छ । सिनेमामा खलनायकको भूमिकामा देखिएका सैफको ‘रेस २’पछि सय करोड क्लबमा पुग्ने पहिलो सिनेमा हो । काजोल अभिनित ‘दिलवाले’ले यसअघि एक सय करोड क्लबमा प्रवेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here