साझा यातायातलाई दिएको ३ अर्ब व्याजसहित फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, ९ माघ । सरकारले साझा यातायातलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को माघ ६ गते बसेको बैठकले विद्युतीय बस सञ्चालनका लागि दिइएको उक्त रकम व्याजसहित फिर्ता माग्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सरकारले २०७६ असार २४ र २९ गतेको निर्णय अनुसार साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि शेयरबापत ३ अर्ब रुपैयाँ लगानी गरी पैसा दिइएको थियो । शेयर लगानी गरेको मितिदेखि हालसम्मको व्याजसहित फिर्ता गर्न निर्णय भएको उनले बताए।

साझा यातायातले सो समयमै काम गर्न नसकेपछि त्यसको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here