प्रदेश सांसद दीपक मनाङ्गे पक्राउ

काठमाडौं, ९ माघ । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ भनिने दीपक मनाङ्गे पक्राउ परेका छन्।

मनाङेलाई पक्राउ गर्न अनुमति पाए लगत्तै प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो ।

मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा ) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । गुरुङले प्रदेश सांसद मनाङेले दुर्व्यवहार गरेको उजुरी बुधबार दिएका थिए ।

सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई मनाङे पक्राउ गर्न अनुमति दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here