अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समयावधी थप

काठमाडौं, ९ माघ । अर्घाखाँची सिमेन्टले उपभोक्तावर्गको लागि बिगत दुई महिनाअघि देखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका लागि थप गरेको छ ।

ग्राहकहरुको अनुरोधको कारण यो योजना थ गरिएको कम्पनीले बताएको छ ।
‘नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडौं उपहार’ नारा दिइएको यस योजना अर्घाखाँची सिमेन्टलले स्थापनाको पाँचांै वर्षको उपलक्ष्यमा मंसिर ८ गतेदेखि माघ ८ सम्मका लागि ल्याएको थियो ।

यस योजना अन्तर्गत समयावधी बाहेक अन्य शर्तहरु केहि पनि परिबर्तन नभएको पनि कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन् जसलाई स्क्रयाच गरी उपभोक्ताहरुले रु १०० देखि रु ५००, रु १०००, रु १०,०००, रु २५०००, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार पाउनेछन् ।

यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ ।

देशैभरी लागूहुने यस योजना अन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेर मार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सुयोर सट नगद उपहार प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here