महिन्द्रा एक्सयूभी ३०० ले पायो सुरक्षा रेटिङमा फाइभ स्टार

काठमाडौं, ९ माघ । महिन्द्रा एन्ड महिन्द्राको एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ ।

विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्ने पहिलो सवारी साधन बनेको कम्पनीले बताएको छ ।

एक्सयूभी ३०० बालबालिकाहरूको सुरक्षामा पनि फोर स्टार रेटिङ पाउने पहिलो भारतीय सवारी साधन उल्लेखनीय बनेको छ । फाइभ स्टार रेडिङका लागि छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शन पूर्वशर्तमध्ये एक हो र छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शनमा सबै फाइभ स्टार रेटिङ पाएको छ ।

ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ एक्सयूभी ३०० नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here