सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

काठमाडौं, १० माघ । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढ्यो ।

विहिवार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रवार तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँले बढ्यो ।

विहिवार प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रवार २०० रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार ९०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

शुक्रवार चाँदीको मूल्य भने यथावत नै रह्यो । शुक्रवार चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here