त्रिकोणात्मक सिरिजमा सोमपाल परेनन्, कमलसिंह ऐरी पहिलोपटक टिममा

काठमाडौं, १० माघ । आईसीसी विश्वकप क्रिकेट २ अन्तर्गत त्रिकोणात्मक सिरिजको लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।

घरेलु मैदानमा हुने उक्त प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक उमेश पटवाल र राखेपका प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ खेलाडीको सूची तयार पारेको हो ।

राष्ट्रिय टिमका अनुभवी खेलाडी सोमपाल कामीलाई आराम दिँदा उनको ठाउँमा युवा फास्ट बलर कमल सिंह ऐरीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।

उक्त खेलमा वसन्त रेग्मीलाई पनि आराम दिँदा कमलसँगै कुशल मल्लले पहिलो पटक एकदिवसीय राष्ट्रिय टिममा स्थान बनाए ।

यही माघ २२–२९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलको लागि एक साताको अभ्यास र मलेसियासँग ३ खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाली टोली छनोट भएको हो ।

नेपालले अमेरिका र ओमानसंग सिरिज खेल्दै छ । नेपालमा सिरिज खेल्ने अमेरिका र ओमाननले यसअघि नै टोली घोषणा गरिसकेको छन् ।

यस्तो छ नेपाली टिमः

ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दीप लामिछाने
करण केसी
आरिफ शेख
विनोद भण्डारी
अविनाश बोहोरा
कुशल मल्ल
कमलसिंह ऐरी
सुशन भारी
रोहितकुमार पोडैल
शरद भेषवाकर
ललितनारायण राजवंशी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here