यी हुन् धेरै कमाइ गर्ने पाँच खेलाडी, शीर्ष तीनमा फुटवलकै कब्जा

काठमाडौं, १० माघ । विश्वविख्यात फोर्ब्स पत्रिकाले सन् २०१९ मा सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीहरुको नाम सार्वजनिक गरेको छ ।

फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९ मा सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीहरु फुटवलबाटै छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सी बार्षिक रुपमा सर्वाधिक कमाई गर्ने खेलाडीहरुको सूचीमा शिर्ष स्थानमा परेका छन् ।

फुटवलका तीन विश्व चर्चित खेलाडी मेसी, रोनाल्डो र नेईमार सन् २०१९ मा सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीको प्रमुखमा रहेका छन् ।

यी हुन् सन् २०१९ सबैभन्दा धेरै कमाई गर्ने खेलाडी

लियोनल मेस्सी

स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटवल खेल्दै आएका अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सी सन् २०१९ मा सबैभन्दा धेरै कमाई गर्ने बनेका छन् ।

मेस्सीले सन् २०१९ मा तलब, अन्य आय र विज्ञापनहरु गरी १ सय २७ मिलियन अमेरिकी डलर (१४ अरब ९ करोड ३१ लाख ९० हजार रुपैयाँ) का साथ शिर्ष स्थानमा कब्जा जमाएका हुन् ।

क्रिस्टियानो रोनाल्डो

ईटालियन क्लब युभेन्टस् बाट व्यवसायिक फुटवल खेल्दै आएका पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो सन् २०१९ मा सबैभन्दा धेरै कमाई गर्ने दोस्रो खेलाडी बनेका छन् ।

रोनाल्डोले सन् २०१९ मा तलब, अन्य आय र विज्ञापनहरु गरी १ सय ९ मिलियन डलर (१२ अरब ९ करोड ५७ लाख ३० हजार रुपैयाँ) का साथ दोस्रो स्थानमा छन् । त्यस्तै यो सूचीको तेस्रो स्थानमा पनि फुटबलरले नै कब्जा जमाएको छ ।

रोचक कुरा त यो सूचीको शिर्ष तीनमा पहिलोपटक तीन फुटबलरहरुले कब्जा जमाएका हुन् । साथै रोनाल्डोपछि यो सूचीको शिर्ष स्थान कब्जा गर्ने मेसी पहिलो फुटबलर समेत हुन् ।

नेइमार जुनियर

जर्मन क्लब पिएसजी बाट व्यवसायिक फुटवल खेल्दै आएका ब्राजिलका सुपरस्टार नेइमार सन् २०१९ मा सबैभन्दा धेरै कमाई गर्ने खेलाडीको तेस्रो नम्बरमा परेका छन् ।
नेइमारले सन् २०१९ मा तलब, अन्य आय र विज्ञापनहरु गरेर १ सय ५ मिलियन डलर कमाई गरे ।

क्यानेलो अल्वारेज

म्यासिकन बक्सर क्यानेलो अल्वारेज सन् २०१९ मा सबैभन्दा धेरै कमाई गर्ने खेलाडीको चौंथो नम्बरमा परेका छन् । अहिलेसम्म ५६ वटा खेल खेलेका क्यानेलाले जम्मा एउटा मात्रै १ खेल मात्रै हारेका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक अनुसार क्यानेलाले सन् २०१९ मा ९४ मिलियन कमाई गरे ।

रोजर फेडेरर

स्विजरल्याण्डका टेनिस सुपरस्टार रोजर फेडेरर सन् २०१९ मा सबैभन्दा धेरै कमाई गर्ने खेलाडीको पाचौं स्थानमा रहेका छन् । फेडेररले सन् २०१९ मा ९३.४ मिलियन डरल कमाई गरे ।

भारतिय क्रिकेट टिमका कप्तान विराट कोहली सबैभन्दा धेरै कमाई गर्ने खेलाडीको १०० औं नम्बरमा रहेका छन् । विराटले सन् २०१९ मा २५ मिलियन डलर कमाई गरे ।

शीर्ष दशमा पर्ने खेलाडीहरु यसप्रकार छन्

१) लियोनल मसी (१२७ मिलियन डलर)

२) क्रिष्टियानो रोनाल्डा (१०९ मिलियन डलर)

३) नेमार (१०५ मिलियन डलर)

४) क्यानेलो अल्वारेज (९४ मिलियन डलर)

५) रोजर फेडरर (९३.४ मिलियन डलर)

६) रसेल विल्सन (८९.५ मिलियन डलर)

७) आरोन रोजर्स (८९.३ मिलियन डलर)

८) लेबरोन जेम्स (८९ मिलियन डलर)

९) स्टेफन कर्री (७९.८ मिलियन डलर)

१०) केभिन डुरान्ट (६५.४ मिलियन डलर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here