मानिसको तुलनामा जनावरको आयु किन कम हुन्छ ?

काठमाडौं । जनावरको आयु मानिसको तुलनामा प्राय कम नै हुन्छ । केही जनावरहरु बाहेक प्राय सबै जनावरको आयु २० वर्षभन्दा कम नै हुन्छ ।

मानिसको तुलनामा जनावहरु छिटै बुढो हुन्छन् र उनीहरुको मृत्यु पनि छिटो हुन्छ । यदी कुनै पाल्तु कुकुर १० वर्षभन्दा धेरै बाच्यो भने यो सम्झनुपर्छ की उक्त कुकुरले आफ्नो ७० प्रतिशत जीवन बाच्यो भनेर बुझ्नुपर्छ ।

उदाहरणको लागि कुकुरको प्रजाति अनुसार उनीहरुको शारिरिक सम्पर्क राख्ने, कति समय बाँच्ने भन्ने कुरा फरक फरक हुन्छ । कुकुरले १ वर्षमा मानिसहरुले बाँच्ने ७ वर्ष बराबर बाँच्ने मान्यता छ ।

प्रजाति अनुसार कुकुरहरुको आयु पनि धेरै थोरै हुन्छ । उदाहरणको लागि ठूला कुकुरहरु साना कुकुरको तुलनामा छिटो बुढो हुन्छन् र उनीहरुको मृत्य पनि छिटो हुन्छ ।

के कुराले प्रभाव पार्छ आयुमा ?

कुनैपनि प्राणीको आयुमा उनीहरुको शरीरमा भएको जीनले सबैभन्दा महत्वपुर्ण भुमिका खेल्छ । यस्तो प्रकारको जीन मानिसको उमेर अनुसार पैसा हुने गर्छ ।

यसका साथै अर्को प्रभाव पार्ने तत्त्व भनेको रोग प्रतिरोधक क्षमता हो । उमेर बढ्दै जादाँ यसको आयु घट्दै जान्छ र मानिस वा अन्य जनावारको जीवनमा पनि प्रभाव पार्न थाल्छ ।

उदाहरणको लागि यदी कोही मानिस सन्तुलित भोजन खादैन्, चुरोट रक्सी धेरै मात्रामा सेवन गर्छ, कसरत गर्दैन् भने यो सत्य हो की यस्ता मानिसको आयु कम हुन्छ । उसले ४० वर्षको उमेरमा नै ६० वर्षको पिडा भोग्नुपर्छ ।

तर, ठिक यसको विपरीत समयमा खाना खानुहुन्छ, सन्तुलित भोजन खानुहुन्छ, चुरोट रक्सी सेवन गर्नुहुन्न, दैनिक कसरत गर्नुहुन्छ भने तपाईं ६० वर्षको उमेरमा पनि ४० वर्षको उमेर बिताईरहनुहुन्छ ।
जनावरहरुमा पनि यस्तै हुन्छ । उनीहरुको जीवनशैली खानपानले उनीहरुको आयुमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।

अनुसन्धाकर्ताहरु भन्छन् जनावरको औसत आयु मापन गर्नु त्यति सजिलो कुरा भने होईन् । सबै प्रजातिका स्तनधारी जनावारहरुको डिएनए समय समयमा परिवर्तन भईरहन्छ ।

कुकुरको जीवन तिब्र गतिमा अघि बढीरहेको हुन्छ । र विस्तारै विस्तारै बुढोपनतर्फ ढल्किने गर्छन् । कुकुर जन्मीएको पहिलो दिन र मानिसको ३१ वर्षलाई बराबर रुपमा मापन गरिन्छ । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here