विश्वले यसरी चिन्दैछ नेपाली पर्यटन 

विभिन्न अन्तराष्ट्रिय ट्राभल साइटले नेपालबारे उल्लेख गरेका केही चिनारी 

आज अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालको अलग पहिचान छ । केही समय अगाडी केवल ब्याकप्याकर्स गन्तव्यका रुपमा मात्र चिनिने नेपाललाई अब विदेशीहरु एक आकर्षक गन्तब्य भित्र समेट्न थालिसकेका छन् ।

सन् २०१९ मा पर्यटन र घुमफिर सम्बन्धी सामग्री तथा रिपोर्टहरु प्रकाशन गर्ने प्रतिष्ठित म्यागेजिन तथा पर्यटनको क्षेत्रमा काम गरिरहेका संस्थाहरुले नेपाललाई आफ्नो उत्कृष्ट गन्तव्यको सूचीमा राख्दै एकपटक घुम्नै पर्ने देशको रुपमा सुझाएका छन् ।

नेपालले सन् २०२० मा वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष अभियान मनाउँदैछ । नेपालको यो अभियानमा यस्ता अन्तराष्ट्रिय प्रचार प्रसारले अझ बढी सकारात्मक भूमिका खेल्ने सरोकारवाला बताउँछन् ।

अन्तराष्ट्रिय समुदायले नेपाली पर्यटनबारे उल्लेख केही सन्दर्भलाई हामी यहाँ उल्लेख गर्दैछौं:

-विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तब्य भित्र नेपाल १९ औं स्थानमा: ट्रीप एडभाइजर

-सन् २०१९ मा घुम्नै पर्ने विश्वका १० शहर भित्र काठमाडौं: लोन्ली प्लानेट

-पर्यटन आगमनका दृष्टिकोणबाट उच्च वृद्धि भएका मुलुकभित्र नेपाल: फोब्र्स

-बन्यजन्तुका लागि स्वर्ग मुलुक नेपाल:  वान्डरलस्ट ट्राभल म्यागेजीन

-बर्दिया, एसिया प्यासेफिक क्षेत्रकै उत्कृष्ट सस्टेनेवल गन्तब्य: आइटीबी तथा ग्रीन डेस्टीनेसन्स

-बाघ अवलोकन गर्ने विश्वकै दोस्रो उत्कृष्ट स्थान: लोन्ली प्लानेट 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here