स्वास्थ्य चौकीको एम्बुलेन्समा गाँजा तस्करी

काठमाडौं, १२ माघ । प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । शनिबार साँझ करिब ७ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्स चालक रौतहटको डुमरीया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, डुमरीया–४ का १९ वर्षीय अशोक कुमार र भातर बिहार मोतिमारी बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई गाँजा सहित पक्राउ गरेको हो ।
उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको छ। उनीहरूले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ। एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६ पोकामा राखेको गाँजा फेला परेको थियो।

एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ। लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here