बिग ब्यास बिचमै छोडेर नेपाल फर्कंदै सन्दीप !

काठमाडौं, १२ माघ । युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग ब्यास लिग बिचमै छोडेर आज नेपाल फर्किदै छन् ।

यही माघ २२ देखि २९ सम्म किर्तीपुरको टियु क्रिकेट मैदानमा हुन गइरहेको ओमान र अमेरिका संगको त्रिकोणात्मक ओडीआई सिरिजको लागि सन्दीप मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर नेपाल फर्किन लागेका हुन् ।

सन्दीप सम्मिलित मेलबर्न स्टार्स १४ खेलमा १० मा जित र ४ मा हार सहित शीर्ष स्थानमा रहँदै क्वालिफयारमा पुगिसकेको छ ।

सन्दीपले जारि विग ब्यासमा सन्दीपले १३ खेलमा १५ विकेट लिएका छन् ।

यो सँगै सन्दीपको टि ट्वान्टी क्रिकेटमा आफ्नो विकेट सङ्ख्या ९९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here