सभामुख सापकोटा विरूद्धको रिट सपना मल्लको इजलासमा

काठमाडौं, १३ माघ । अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो ।

सापकोटा भने सभामुखका लागि निर्वाचित भइसकेका छन्। यसअघि सापकोटा विरूद्ध सुशील प्याकुरेल लगायतले हालेको रिटमा बहस गरेका न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने रिटको पहिलो सुनुवाई हिजो हुन सकेन।

आज न्यायाधीश मल्लको एकल इजलासमा ७ औँ नम्बरमा सभामुख विरूद्धको रिट तोकिएको छ। अघिल्ला ६ वटा मुद्दामा सुनुवाई सकिएपछिमात्र यो मुद्दाको सुनुवाई सुरू हुनेछ। आइतबार फुयाँलको इजलासमा भने पहिलो नम्बरमै राखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here