चार महिनामा ३ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, कुन देशबाट कति ?

काठमाडौं, १३ माघ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालमा ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ को प्रतिवेदन अनुसार पछिल्लो चार महिनामा नेपालमा ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।

सबैभन्दा धेरै कतारबाट

राष्ट्र बैंकले सार्वजनिक गरेको रेमिट्यान्स तथ्यांक अनुसार नेपालमा सबैभन्दा धेरै कतारबाट रेमिट्यान्स भित्रिएको छ । चार महिनामा कतारबाट मात्रै ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्सको रुपमा भित्रीएको छ । जसको योगदान १०० प्रतिशतमा १६.७ प्रतिशत रहेको छ ।

भारतबाट भित्रियो ४३ अर्ब १६ करोड

राष्ट्र बैंकको तथ्यांक अनुसार कतारपछि नेपालमा धेरै रेमिट्यान्स भित्रने देश भारत रहेको छ ।

पछिल्लो ४ महिनामा भारतबाट ४३ अर्ब १६ करोड रेमिट्यान्स भित्रियो । जसको योगदान १४.२ प्रतिशत रहेको छ ।

खाडी मुलुकको मात्रै ५० प्रतिशत भन्दा धेरै योगदान

सार्वजनिक तथ्यांक अनुसार चार महिनाको अवधिमा खाडी मुलुकबाट मात्रै कुल रेमिट्यान्समा ५० प्रतिशत भन्दा धेरै योगदान रहेको छ ।

यस अवधिमा ४ खाडी मुलुकहरु कतार, मलेशिया, यूएई, साउदी अरबियाबाट मात्रै ५०.३० प्रतिशत रेमिट्यान्स भित्रिएको छ । जसमा यूएईबाट ४० अर्ब ८७ करोड, साउदी अरेबियाबाट ३८ अर्ब १५ करोड र मलेशियाबाट २९ अर्ब ६६ करोड रेमिट्यान्स भित्रिएको छ ।

यस अवधिमा अमेरिकाबाट २५ अर्ब ४२ करोड, जापानबाट २२ अर्ब ८७ करोड, कुवेतबाट ११ अर्ब ५२ करोड, बहराइनबाट ८ अर्ब ७९ करोड रेमिट्यान्स भित्रिएको छ ।

कोरियाबाट ६ अर्ब १५ करोड, बेलायतबाट ५ अर्ब ४ करोड, अस्ट्रेलियाबाट १ अर्ब ३४ करोड र अरु अन्यबाट १८ अर्ब ७ करोड रेमिट्यान्सत भित्रिएको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here