सन् २०२१ मा रिलीज हुने भयो अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डेय’

काठमाडौं । भारतिय सपुरस्टार अभिनेता अक्षय कुमारको पछिल्लो फिल्म बच्चन पाण्डेय सन् २०२१ जनवरी २२ तारिखमा रिलीज हुने भएको छ ।

यसअघि सन् २०२० को क्रिसमसमा रिलीज हुने भनिएको उक्त फिल्म भारतिय अर्का सुपरस्टार अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ संग जुध्ने भएपछि दुवैको सल्लाहमा बच्चन पाण्डेय को प्रर्दशन मिती सारिएको भारतिय मिडीयाले बताएका छन् ।

सोमवार अक्षय कुमारले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पनि फिल्म प्रर्दशनको नयाँ मिती सन् २०२१ जनवरी २२ तारिख रहेको जानकारी दिएका छन् ।

पोष्टरमा अक्षय कुमारलाई एउटा ब्राह्मणको रुपमा देखाईएको छ । फिल्ममा अक्षय कुमार र कृति सननको मूख्य भुमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here