कसरी बिताउने सुखी जीवन, यस्तो छ चार सिद्धान्त

काठमाडौं । हामी हाम्रो जीवनमा के चाहन्छौं, कस्तो जीवन चाहन्छौं ? यसको जवाफ पनि हामीसँग सजिलो छ– सुख, शान्ति, समृद्धि, खुशी, स्वस्थ, प्रेम, आनन्द आदि । यी सबै कुराले परिपूर्ण भएको बन्ने हाम्रो चाहना हो । जीवन रहेसम्म यिनकै पछि दौडिरहेका हुन्छौं ।

एउटा सामान्य मानिसले राम्रो ठाँउमा एउटा घडेरी होस् भन्ने चाहन्छ, त्यो भएपछि एक तले घर बनोस् भन्छ अनेकौ चाहाननकै कारण कहिले नै खुशी बन्न सक्दैन् । आफ्नो जीवनलाई सुखी बनाउन नै मानिसहरु दिनरात तल्लीन हुन्छन् ।

धेरै मानिसहरुले विलासितालाई खुसीसँग दाँज्छन् । तर निकै गरिब मानिस पनि खुुसी हुन सक्छ र निकै सुखमय जीवनयापन गर्ने मानिस दुःखी पनि हुन सक्छ । मानिस कसरी खुसी हुने भन्ने कुरा उसको जीवनयापन, चाहना, सन्तुष्टि तथा व्यक्तित्वसँग सम्बन्धीत हुन्छ ।

मानिस कसरी सुखी हुन्छन् भन्ने उदाहारण संसारकै सबैभन्दा धनी मानिसको सूचीमा दोस्रो नम्बरमा रहेका बिल गेट्स प्रेरणाको श्रोत बन्न सक्छन् । माइक्रोसफ्ट कम्पनीका मालिक गेट्स जनवरी २२ तारिखमा ६४ वर्ष परा भई ६५ वर्षमा प्रवेश गरे ।

एउटा गरिब परिवारमा जन्मिएका गेट्ससँग अहिले ११० बिलियन अमेरिकी डलर भन्दा धेरै सम्पत्ति छ ।

यतिधेरै सम्पत्ति र यतिठूलो कम्पनीका मालिक बिल गेट्स देख्दा भने सामान्य देखिन्छन् ।

उनको सालिनता, बिनम्रता तथा धैयर्ताको कारण आज ६५ वर्षको उमेरमा पनि एक २५ वर्षे यूवाको जस्तो आरामदायी जीवन बिताइरहेका छन् ।

आखिर कुन सिद्धान्त वा कुन सोँचको कारण बिल गेट्स यति सरल जीवन बिताइरहेका छन् ? यो सबैको चासोको विषय बन्न सक्छ ।

उनले आफ्नो जीवनमा सफल बन्न र सरल जीवन यापनको लागि चार सिद्धान्त बनाएको खुलासा गरेका छन् ।

यस्तो छ बिल गेट्सको चार सिद्धान्तः

आफ्नो प्रतिज्ञामा लागि रहनुहोस्

बिल गेट्स भन्छन्, ‘जब म यूवा थिए माइक्रोसफ्टको विषयमा निकै गम्भीर थिए । मेरो विचार यस विषयमा केन्द्रित थियो कि विश्वका हरेक घरको टेबलमा कम्प्यूटरको पहुँच पुग्नुपर्छ । यस कामको लागि मैले धेरै मेहनत गरे । आज म पूर्ण रुपमा नभएपनि ८० प्रतिशत भन्दा धेरै सफल भएको छु ।’

आफ्नो शरीरको सम्मान गर्नुहोस्

आफ्ना शरीरको मामिलामा बिल गेट्स निकै सजग छन् । बिल गेट्स भन्छन्, ‘शरीज जिवनमा एकपटक प्राप्त हुन्छ । आफ्नो यस्तो अमूल्य शरीरप्रति धेरै गर्भ गर्नुपर्छ ।’

उनका अनुसार हरेक दिन व्यायम गर्नुपर्छ । जसले हामीलाई शारीरिक र मानसिक दुवै रुपमा स्वस्थ रहनको लागि प्रतित गर्छ ।

परिवारसँग धेरै समय बिताउनुहोस्

के धेरै समयमा काममा बिताउदैमा सफल उद्योगी वा सफल विजनेसम्यान बन्न सकिन्छ ? बिल गेट्स भन्छन्, ‘एक उद्यमीले यस्तो धारणको विकास गर्नु अत्यन्त गलत कुरा हो ।

यदी यस्तो गर्ने हो भने यसको नतिजा ठिक विपरीत आउँछ । अमेरिकामा काम गर्ने मानिसहरुको मृत्यु हुनुको पाँचौं मुख्य कारण कार्यक्षेत्रको दबाब हो ।’
धेरै समय कार्यक्षेत्रमा बिताउने बानीको कारण मानिसको मन मष्तिस्कमा एक प्रकारको दबाबको सिर्जन हुने अनुभव बिल गेट्स बताँउछन् ।

आफ्नो कार्यक्षेत्रको दबाब त छदैँछ यदी दिनमा केही घण्टा मात्रै हामी आफ्नो परिवासंग बिताउने हो भने हरेक मानिसले दबाबको महसुस गर्नु पर्दैछ् । त्यसकारण जीवनमा परिवारको महत्व धेरै हुने कुरा बिल गेट्स बताउँछन् ।

उदार रहनुस् चाहे तपाईंसँग जतिसुकै सम्पत्ति किन नहोस्

बिल गेट्स बताउछन् मानिसहरुमा केही सम्पत्ति वा पैसा जम्मा हुने वित्तीकै उनीहरुमा दुई प्रकारका भाव सिर्जना हुन्छ ।

एक उनीहरुमा विस्तारै घमण्ड बढ्दै जान्छ, दोस्रो उनीहरुमा परोपकारी भाव सिर्जना हुन्छ । तर, एक सफल व्यक्ति बन्नको लागि यी दुवै कुरा हानिकारक हुन्छ ।

बिल गेट्स भन्छन् जे छ जति छ आज बचत गर्नुस् परोपकारको लागि त भोलि धेरै समय बाँकी छ । परोपकार गर्नुहोस् तर केही पैसा जम्मा हुँदैमा तपाईंमा केही दम्ब आउछ भने तपाईं जीवनका सफल व्यक्ति बन्न सक्नुहुन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here