इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स रोनाल्डोको, मेस्सीको फलोअर्स कति ?

काठमाडौं । इटालियन फुटबल क्लब युभेन्टसबाट व्यवसायिक फुटबल खेल्दै आएका पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति बनेका छन् ।

रोनाल्डोको इन्स्टाग्राममा हालसम्म २०० मिलियन भन्दा धेरै (२०,०३,६३,३२३) जना फलोअर्स रहेका छन् भने रोनाल्डोले ४ सय ३४ जना फलो गरेका छन् ।

स्पेनिश क्लब बार्सीलोनाबाट व्यवसायिक फुटबल खेल्ने अर्जेनटिनी अर्का स्टार खेलाडी लियोनल मेस्सीको भने इन्स्टाग्राममा १ सय ४१ मिलियन फलोअर्स छन् । उनी इन्ट्राग्राममा धेरै फलोअर्स हुने व्यक्तिको को सातौं नम्बरमा रहेका छन् ।

रोनाल्डो अर्को सामाजिक सञ्जाल फेसबुकमा पनि सबैभन्दा धेरै फलोअर्स भएका व्यक्ति हुन् । फेसबुकमा रोनाल्डोको १२२.१ मिलियन फलोअर्स रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here