फेब्रुअरी १ देखि बुध्द एयरको विराटनगर रात्रीकालिन उडान पुनःसञ्चालन

काठमाडौं, १६ माघ । बुध्द एयरले काठमाडौंबाट विराटनगरको रात्रिकालिन उडानलाई पुनः सञ्चालन गरेको छ ।

यसअघि मौसम तथा भिजिविलटीका कारण स्थगित गरिएको उडान पुनः सञ्चालन गरेको हो ।

फेब्रअरी १ देखि (१८ माघ) काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान ७ः३५ मा गर्न लागिएको कम्पनीले बताएको छ ।

यो उडानबाट काठमाडौं चाँडै आउने तथा काठमाडौंबाट सबै कामकाज सकि विराटनगर फर्किने यात्रुहरुलाई पक्कै फाइदा पुग्ने कम्पनीको दाबी छ ।

कम्पनीको वेवसाईट www.buddhaair.com र मोबाईल एपबाट टिकट खरिद गर्दा आकर्षक छुट पनि पाईने कम्पनीले जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here