बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु, १२ घाइते

सुनसरी, १९ माघ । बस र माइक्रोबस आपसमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ ।

इटहरीबाट बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आइतबार बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा माइक्रोका चालक दीपक खड्कासहित तीन जनाको घटनास्थालमा ज्यान गएको थियो भने उपचारको क्रममा दुई जना गरी पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कम्तीमा १२ जना घाइते भएका छन् । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here