बामदेव गौतम नेकपाको उपाध्यक्ष

काठमाडौं, १९ माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय सदस्य बामदेव गौतम उपाध्यक्ष भएका छन्।

बुधबारबाट राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरे लगत्तै बामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

यसअघि गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पनि पारित गरेको थियो। नेकपाको महाधिवेशन ०७७ चैतमा गर्ने प्रस्ताव पनि पारित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here